चलचित्र ‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक

चलचित्र ‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक भएको छ । गीतमा आशिष अविरल र मेलिना राईको स्वर, दानबहादुर कार्कीको शब्द र दीपक शर्माको संगीत छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलकार प्रकाश सपूत र स्वस्तिमा खड्काले आकर्षक नृत्य प्रस्तुत गरेका छन् ।
असोज १३ दशैंको फूलपातीबाट प्रदर्शन मा आउने चलचित्र ‘हरिबहादुरको जुत्ता’ लाई दीपेन्द्र के । खनालले निर्देशन गरेका हुन भने चलचित्र मा प्रकाश र स्वस्तिमासहित हरिवंश आचार्य,प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतको अभिनय रहेको छ ।